images
images

सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)

काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट सचिव पदमा महेश बस्नेतसहित नौ जना विजयी भएका छन् ।

बस्नेत लोकप्रिय मत पाएर विजयी भए । उनले सर्वाधिक १५४४ मत प्राप्त गरे ।

त्यसैगरी, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई  १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१ मत ल्याएर सचिव पदमा विजय प्राप्त गरेका हुन् ।

त्यस्तै, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ भानुभक्त ढकाल ११०८ मत पाए ।

सचिव पदमा उठेका अन्य कसले कति मत पाए ?

अग्निप्रसाद खरेल : ७१६

इन्द्रलाल साप्कोटा : ४०५

कर्णबहादुर थापा : ८४७

कृष्णगोपाल श्रेष्ठ : ६२५

गोकुलप्रसाद बास्कोटा : १०३०

ठाकुरप्रसाद गैरे : ८८३

पुरुषोत्तम पौडेल : ४६२

पेम्बा लामा : ४९३

रचना खड्का : ८७७

लालबाबु पण्डित : ४९६

विनोदप्रसाद ढकाल : ६८४