काठमाडौँ- अप्रत्यासित रुपमा सत्ता गुमाएको करिब तीन महिनापछि केपी शर्मा ओलीले नेकपा एमाले पार्टीको नेतृत्वसँगै संगठनमाथिको नियन्त्रण बैधानिक रुपमा यथावत राखेका छन्।
११ औं महाधिवेशन अन्तर्गत आज सार्वजनिक भएको मत परिणाममा अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली पार्टी अध्यक्ष निर्वाचित भएका हुन्। साथै अधिकांश पदाधिकारी पनि ओलीकै प्यानलबाट विजयी भएका छन्।
ओलीले १६ सय ६३ मत ल्याउँदा पोखरेलले ५६३ मत ल्याएका छन्। एमाले महाधिवेशनमा २२ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन्।






