अध्यक्ष ओलीसहित एमालेका सम्पूर्ण निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी बधाई पत्रमा एमालेको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोप्रति शुभेच्छा व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वले लोकतन्त्र, समावेशिता र संविधानको कार्यान्वयनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
पत्रमा नेपालको समग्र राजनीतिक स्थायित्व, लोकतान्त्रिक अभ्यास र राष्ट्रिय हितका सवालमा सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी दिनमा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मअनुसार अघि बढ्न एमाले नेतृत्व सफल हुने अपेक्षा गरेको छ।