काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, बागमती प्रदेशले काठमाडौं जिल्लाका प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू सार्वजनिक गरेको छ।
पार्टीले काठमाडौं क्षेत्र नं. १ बाट पार्टीको केन्द्रीय सदस्य प्रकाश नायजुलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको हो।
पार्टीको बागमती प्रदेश समितिले सार्वजनिक गरेको सूचीअनुसार प्रकाश नायजुलाई काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार चयन गरिएको छ। पार्टीका अनुसार नायजु अनुभवी, सक्रिय र जनसम्पर्कमा बलियो नेताका रूपमा परिचित छन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समावेशी लोकतन्त्र, सामाजिक न्याय र संघीयताको सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको जनाएको छ। पार्टी नेतृत्वले काठमाडौं क्षेत्र नं. १ मा प्रकाश नायजुले जनताको विश्वास जित्नेमा आफूहरू आशावादी रहेको बताएको छ।
उम्मेदवार चयनसँगै पार्टीले चुनावी तयारीलाई तीव्र बनाएको र घरदैलो तथा जनसम्पर्क अभियानलाई प्राथमिकता दिने जनाएको छ।







