images
images

लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा काठमाडौंका १० निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, बागमती प्रदेशले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू सार्वजनिक गरेको छ।

पार्टीले काठमाडौं क्षेत्र नं. १ बाट प्रकाश नायजुलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको छ।पार्टीद्वारा सार्वजनिक सूचीअनुसार काठमाडौं क्षेत्र नं. २ बाट मधुसुदन पुडासैनी, क्षेत्र नं. ३ बाट प्रमिल ध्वज कार्की, क्षेत्र नं. ४ बाट मानिष कुमार मिश्र, क्षेत्र नं. ५ बाट दानन्द्र जोशी, क्षेत्र नं. ६ बाट शशि श्रेष्ठ, क्षेत्र नं. ७ बाट दिप्ती नायजु, क्षेत्र नं. ८ बाट सनोज देउला, क्षेत्र नं. ९ बाट रणवीर क्षेत्री सिंह र क्षेत्र नं. १० बाट रविन श्रेष्ठ उम्मेदवार चयन भएका छन्।

पार्टीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँदै सामाजिक न्याय, समावेशीकरण र सुशासनलाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ। पार्टी नेतृत्वले सबै उम्मेदवारहरू जनताको विश्वास जित्न सक्षम रहेको दाबी गरेको छ।

उम्मेदवार घोषणा भएसँगै पार्टीले काठमाडौं जिल्लामा चुनावी गतिविधि तीव्र बनाएको छ।