काठमाडौँ — Living with ICT र ICT Foundation Nepal को संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ICT Award 2025 अन्तर्गत डिजिटल गभर्नेन्स विधामा सामाजिक सुरक्षा कोष सम्मानित भएको छ।
डिजिटल सुशासन, पारदर्शिता तथा प्रविधिमैत्री सेवा प्रवाहमा सामाजिक सुरक्षा कोषले गर्दै आएको निरन्तर प्रयासको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
यो उपलब्धिलाई कोषले आफ्ना सम्पूर्ण कर्मचारीहरूको समर्पण र सामूहिक प्रयासको परिणामका रूपमा लिएको जनाएको छ।
सामाजिक सुरक्षा कोषले यस उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, कोषप्रति विश्वास राखी सहकार्य गर्ने योगदानकर्ता, रोजगारदाता तथा निरन्तर सहयोग, समन्वय र मार्गदर्शन प्रदान गर्ने साझेदार संस्थाहरूप्रति आभार प्रकट गरिएको छ।
यस सम्मानले आगामी दिनहरूमा सामाजिक सुरक्षा कोषलाई अझ उत्तरदायी, प्रभावकारी तथा नवप्रवर्तनशील डिजिटल सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ, प्रभावकारी र आधुनिक बनाउने प्रतिबद्धता निरन्तर कायम रहने कोषले जनाएको छ।







