images
images

हामी राजनीति गर्न आएका होइनौँ, देश परिवर्तन गर्न आएका हौँः कुलमान घिसिङ

काठमाडौँ – उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताएका छन्।

चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफूहरु राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए।

राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरुरी रहेको उनले बताए। उनले नेपालमा जुन किसिमको राजनीति छ, त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटो मात्रै समातेको जिकिर गरे।

देशमा परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘हामी राजनीति गर्न चाहिँ आएको होइन। राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो। राजनीति र नेतृत्व फरक छ। देशलाई परिवर्तन गर्न आएको हो। जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटो मात्रै समातेको हो। यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ।’