काठमाडौं -उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष अनुप उपाध्यायसहितको टोलीले लोसपा नेपाल पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा लोसपा नेपालका नेताहरूसँग औपचारिक भेटघाट गरेको छ।
उक्त भेटघाट लोसपा नेपाल पार्टीको केन्द्रीय कार्यालय, बबरमहलमा सम्पन्न भएको हो।
भेटघाटका क्रममा समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुद्दा, आपसी सहकार्य, तथा आगामी दिनमा लोकतान्त्रिक मूल्य, सुशासन र राष्ट्रिय हितका विषयमा सहकार्य गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ।
दुवै पक्षले आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटघाट सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।








