काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन्।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन्। रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको उल्लेख गरिन्।
नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा नभएको बताइन्।
आफूहरु कानूनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने बताइन्। उनले आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन्।
उनले भने, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन। उन्नति त देशको हुनुपर्यो नि, विकास त हुनुपर्यो। त्यसैकारण एकै रातारात सबै कुरा पनि हुँदैन। मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि कानुन भनेको। हामी त कानूनका ज्ञाता मान्छेहरु हौँ।’







