काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग आज दिउँसो ३ बजे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सामूहिक भेटवार्ता गर्ने भएका छन्।
भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा हुने उक्त भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था र वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।








