images
images

राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष नेताबीत भेटवार्ता भएको छ।

मंगलबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा पौडेलको उपस्थितिमा कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट कांग्रेस एमालेको सरकार विस्थापित भएर संविधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनावको मिति तय गरे पनि अझैसम्म चुनावी वातावरण बन्न सकेको छैन।

चुनावी सरकारको नेतृत्व गरेकी कार्कीले नै दलका नेताहरुसँग संवाद गर्न हिचकिचाइ रहेका बेला राष्ट्रपति पौडेलको संयोजनम पहिलोपटक भेटवार्ता भएको हो।