काठमाडौं – वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ ।
शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्याएको थियो ।
त्यस अघि ६ हजार पाँच सय मात्र थियो । सो निर्णयविरुद्ध व्यवसायीले विरोध जनाएका थिए ।
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए ।
मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।
“सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो,” उनले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”








