काठमाडौँ -२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस भएको छ।
क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि ‘प्रचण्ड’सहित दुई जनाको नाम सिफारिस गरेको हो ।
पहिलो नम्बरमा ‘प्रचण्ड’ र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ ।
यस्तै समानुपातिकतर्फ अरविन्द दास लगायत पाँच जनाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित ४ जनाको नाम सिफारिस भएको हो ।







