images
images

चुनावको मनोनयनअगाडि राजीनामा नदिने मन्त्री घिसिङको योजना

काठमाडौँ-   तीनवटा ठूला मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङ उम्मेदवार मनोनयनको दिनअगाडि राजीनामा नगर्ने स्पष्ट सन्देश दिएका छन्।

उनले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताए। उनले त्यसअघि राजीनामा नगर्ने स्पष्ट सन्देश दिए।

उनले मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै मन्त्रीको हैसियतले जिम्मेवारीलाई बहन गर्दै अघि बढेको दाबी गरे। यद्यपि उनी पार्टीको काम र भेटघाटमा व्यस्त रहँदा मन्त्रालयमा समय दिन पाएका छैनन्।

उनले थपे- ‘जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’

मन्त्री घिसिङले बिहीबार आफ्नो पार्टी उज्यालो नेपालको कार्यालयको उद्दघाटन गर्ने भएका छन्।