काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीको नाम छ ठाउँबाट सिफारिस भएका छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्तासमेत रहेका शाहीको नाम जुम्लासँगै ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ बाट सिफारिस भएको हो।
पहिले भ्रष्टाचारविरुद्ध अभियान चलाएर हिडेका उनी राप्रपा प्रवेश गर्दै ०७९ मा निर्वाचन जितेका थिए। त्यसपछि राप्रपामाको महत्वपूर्ण पदहरुमा उनले स्थान पाउँदै आएका छन्।
राप्रपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ। पार्टी स्रोतका अनुसार अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुनेछ।








