images
images

बालेनसँग भेटेर बाहिरिए रवि, हाँस्दै भने- भेटमा के भयो, अनुहारले नै बताउँछ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर बैठकस्थलबाट बाहिरिएका छन्।

बैठकको निष्कर्षबारे उनले कुनै प्रतिक्रिया दिएनन्।

बैठकको निष्कर्षबारे सञ्चारकर्मीको जिज्ञासा राखे पनि उनी ‘अनुहारले के बताउँछ हेर्नुस्’ भन्दै बाहिरिएका थिए।

बिहीबार साढे १२ बजेदेखि ३ बजेसम्म बालेन र रविबीच वान टु वाट वार्ता भएकाे हाे।

मे‍यर शाह पछिल्लो केही दिनयता भेटघाटमा निकै व्यस्त छन्।

यतिबेला ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा रहेका बालेनसँग भेट्न आउनेहरूको लर्को छ।

बिहीबार नै पूर्व कांग्रेस नेता अमरेशकुमार सिंहले पनि बालेन शाहसँग कुमार व्यञ्जनकारको ज्वागलस्थित निवासमा नै भेटेका छन्।