काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन्।
बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताएकी हुन्।
उनले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन्। राजनीतिक दल र जेन–जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन्।
उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन्। आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको बताइन्। प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताइन्।
‘बहुत धैर्य धारण गरेर काम गर्दै छौँ। निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा। कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ,’ उनले भनिन्, ‘२५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ। एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ। मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ। बंगलादेश चाहीँ नहोस्।’








