काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भेट गर्न पुगेका छन्।
डा. भट्टराई ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा रहेका बालेनसँग भेट्न पुगेका हुन्।
बालेनले केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आज मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेसँग एक्लाएक्लै वार्ता गरेका थिए।








