images
images

फागुन २१ गतेको चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू चुनाव नलड्ने घोषणा गरेका हुन्।

उनलाई कांग्रेसले झापा–१ बाट सर्वसम्मत रुपमा उम्मेदवारका लागि सिफारिस गरेको थियो। आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै उनले फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्।

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका अग्नि खरेललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए।