images
images

प्रचण्डद्वारा शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल सहयोग गर्न अपिल

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको बताएका छन्।

बिहीबार जारी अपिलमा उनले चिसोका कारण विशेषगरी गरिब तथा सीमान्तकृत वर्गका नागरिक बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत र सहयोग पुर्‍याउन सरोकारवाला सबै पक्षलाई आग्रह गरेका छन्।

संयोजक दाहालले मानवीय क्षति र स्वास्थ्य समस्या रोक्न तीनवटै तहका सरकारलाई आवश्यक प्रतिकार्य गर्न अपिल गरेका छन्। साथै प्रभावित समुदायका लागि आवश्यक स्रोत जुटाई राहत तथा सहायताका काम समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई निर्देशन दिएका छन्।