काठमाडौँ -काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले सातै प्रदेशका जेन जेड प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेन जेडका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।
जेन जेड प्रतिनिधि खेमराज साउदका अनुसार जेन जेडहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेन जेड रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।
बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । अहिले बालेन त्यहाँबाट निस्किसकेका छन् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।








