काठमाडौं -सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज (पुस ११) प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न लागेका हुन् ।
सबैभन्दा पहिला उनले देउवालाई भेट्नेछन् । देउवालाई भेट्न उनी महाराजगन्जस्थित निजी निवास पुग्ने मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
त्यसपछि बिहान करिब ११ बजे उनी ओलीलाई भेट्न पुग्नेछन् । ओलीलाई भेट्न भक्तपुरको गुन्डुस्थित निजी निवासमा जाने सचिवालयले जनाएको छ ।
सञ्चारमन्त्री खरेलले मध्याह्न करिब १२ बजे प्रचण्डसित भेटवार्ता गर्नेछन् । प्रचण्ड भेट्न उनी निजी निवास पुग्ने कार्यक्रम छ ।
सञ्चारमन्त्री भएपछि पहिलोपटक उनले शीर्ष नेतासित उनीहरूकै निवासमा पुगेर भेटवार्ता गर्न लागेका हुन् ।








