महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता तथा पूर्व श्रम मन्त्री आदरणीय दादा मा. शरत सिंह भण्डारीको विशेष पहलमा महोत्तरी निर्वाचन क्षेत्र नं. २ मा दुई वटा नयाँ सिँचाइ योजनाको टेन्डर आव्हान प्रक्रिया अघि बढाइएको छ।
एडिभि (ADB/ADBi) को सहयोगमा अघि बढाइएका ती योजनाअन्तर्गत भगंहा नगरपालिका वडा नं. ८ स्थित धर्मपुरमा पथरा खोला सिँचाइ योजना तथा बलबा नगरपालिका वडा नं. २ मा रातो कोकैला सिँचाइ योजना समावेश गरिएको छ।
यी सिँचाइ योजनाहरू कार्यान्वयनमा आएपछि महोत्तरी जिल्लाका किसानहरूलाई सिँचाइको सुविधामा सहजता हुने र कृषियोग्य जमिनको उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा किसानहरूले योजनाले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
नेता भण्डारीले सिँचाइ पूर्वाधार विस्तारमार्फत कृषकको जीवनस्तर सुधार गर्ने र क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ पहल गरिएको बताएका छन्।








