काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन्।
शुक्रबार पदभार ग्रहण गर्दै उनले नेपालको छवि संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा आफू अघि बढ्ने बताएका हुन्।
उनले देश निर्वाचनमय भइसकेकोले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताए।
उनले भने, ‘अहिले मुलुक चुनावमय भइसकेकै छ। गति लिइसकेको छ। चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ।’
उनले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिबद्धता जनाए।
उनले भने, ‘मैले छिमेकी देशहरुसँग सकारात्मक रुपमा भूमिका खेल्छु। उनीहरु उदयीमान देश हुन्। सहकार्य गर्दै अघि बढ्न सकिन्छ।’









