काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक बन्द सूची बुझाउने समय सकिएको छ ।
धरौटी बापतको रकम तिरेर प्रारम्भिक प्रक्रिया पूरा गरेका धेरै जसो दलहरूलाई अहिलेसम्म पनि बन्द सूची बुझाउन भ्याइ नभ्याई छ । बन्द सूची बुझाउन निर्वाचन आयोगले दलहरूलाई १३ र १४ गतेको समय दिएको थियो । अहिलेसम्म नेकपा एमालेसहित करिब दुई दर्जन दलले बन्द सूची बुझाइसकेका छन्।
नेपाली काँग्रेस र रास्वपासहितका धेरै दलहरू अहिले पनि निर्वाचन आयोगमा सूची मिलाउने काम गरिरहेका छन् । दलहरूले दिनभर आयोग परिसरमा बसेर समेत सूची मिलाउने काम गरिरहेका थिए । निस्सा लिएका दलहरूलाई मध्यरात १२ बजेसम्म पनि सूची बुझाउने समय दिइने जनाएको छ ।








