images
images

यस्तो छ कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवारको सूची

काठमाडौँ- रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ । अहिले साबिकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।

उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्द सूची पेश गर्नेछन् ।

सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।