images
images

समानुपातिक तर्फ ३ हजार ४२४ उम्मेदवार, ६४ दल चुनावी प्रतिस्पर्धामा

काठमाडौँ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ देशभरबाट जम्मा ३ हजार ४२४ जना उम्मेदवार दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार यसपटक समानुपातिक तर्फ ६४ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन्।

ती दलहरूले जम्मा ५८ वटा निर्वाचन चिन्ह प्रयोग गर्ने भएका छन्।

जसमा ५४ वटा दलले आ-आफ्नै छुट्टाछुट्टै निर्वाचन चिन्ह प्रयोग गरेका छन् भने १० वटा दलले ४ वटा साझा निर्वाचन चिन्ह प्रयोग गर्ने आयोगले जनाएको छ।