images
images

मधेस सरकारले पायो पूर्णता

जनकपुरधाम- मधेस प्रदेश सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री यादवको सिफारिसमा ६ जना प्रदेश सभा सदस्य मन्त्रीमा नियुक्त भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास र मनिष कुमार सुमनले श्रम तथा यातायात मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट श्याम प्रसाद पटेलले भूमि व्यवस्था कृषि तथा सहकारी र शंकर प्रसाद चौधरीले वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट फकिरा महतो गृह, सञ्चार तथा कानुन र जनमत पार्टीबाट वसन्त कुमार कुशवाहा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त सबै मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

गत मंसिर १९ मा ६ दलको समर्थनमा नेपाली कांग्रेसका दलका नेता यादव नियुक्त भएका थिए । उनले मंसिर ४ मा सिंगो सदनको विश्वासको मत पाएका थिए ।

मधेस सरकारमा हाल कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेको छ ।