काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री बनाउने तयारी गरिएको छ । बालेननिकट स्रोतका अनुसार, रास्वपाको सहमहामन्त्री बनाउने तयारी गरिएको हो ।
शाहले अछामबाट चुनाव लड्ने तयारी गरेका छन् । रास्वपाको घण्टी चुनाव चिह्न लिएर अछाम क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निवार्चन लड्ने तयारी गरेका हुन् ।
केही दिनअघि मात्रै रास्वपा र बालेनको दुई पक्षीय सहमति भएको थियो ।








