images
images

बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो, सबै यात्रु सकुशल

झापा-  झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गमा चिप्लिएको छ। घटनामा सबै यात्रु सकुशल रहेको थाहा भएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले धावनमार्गबाट जहाज चिप्लिएको जानकारी दिए।

काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण घाँसेमैदानमा पुगेको हो।

घटनालगत्तै सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको भद्रपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ।