images
images

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा – नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

कांग्रेसले अन्तरघातको आरोपमा निष्कासन गरेपछि खड्का रास्वपा प्रवेश गरेका हुन्। उनीहरूलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा लगायतका नेताले पार्टीमा स्वागत गरे।

खड्का यसअघि संघीय महिला तथा बालबालिका मन्त्री र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका नेता हुन्। कांग्रेसले पछि कारबाही फुकुवा गरे पनि आफूले निर्णय गरिसकेको भन्दै उनले पार्टी नफर्कने बताएका छन्।

रास्वपा प्रवेश गरेकी मिलन थापा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी हुन्। एमाले नेता पुष्प अधिकारी रुपाकोट रिसोर्टका सञ्चालकसमेत हुन्।