images
images

दिल्ली पुगे प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

नेपाली समाज भारतको निमन्त्रणामा ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा सहभागी हुन उनी आइतबार दिल्ली गएका हुन्।

यो भ्रमण विशेषगरी भारतमा रहेका नेपालीहरूको एकता र उनीहरूका समसामयिक मुद्दाहरूमा केन्द्रित रहने बताइएको छ।

दिल्लीमा हुने उक्त कार्यक्रममा प्रचण्डले प्रवासी नेपालीका समस्या, उनीहरूले पाइरहेका अवसर र चुनौतीका विषयमा विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

साथै, उनले नेपाल–भारत सम्बन्धको मजबुती र प्रवासमा रहेका नेपालीहरूको साझा सरोकारका विषयमा समेत धारणा राख्नेछन्।