काठमाडौं -नेपालमै बसेर उद्योग, व्यापार र कर्ममार्फत आत्मनिर्भर जीवनयापन र प्रगतिको मार्ग कसरी समात्न सकिन्छ भन्ने विषयमा बहुआयामिक व्यक्तित्व तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्नो अनुभव साझा गर्नुभएको छ। उहाँद्वारा लिखित पुस्तक “Made in Nepal” हालै सार्वजनिक गरिएको छ।
पुस्तकमा चौधरीले आफ्नो व्यवसायिक यात्रा, पारिवारिक विरासत, राजनीतिक चुनौतीहरू, संघर्षका अनुभव तथा भविष्यप्रति देख्नुभएको दृष्टिकोणलाई सरल र प्रेरणादायी ढंगले प्रस्तुत गर्नुभएको छ। नेपालमै बसेर काम गर्ने, उद्योग स्थापना गर्ने र स्वदेशमै अवसर सिर्जना गर्न चाहने प्रत्येक नेपालीका लागि यो पुस्तक मार्गदर्शक बन्न सक्ने विश्वास गरिएको छ।
नेपालमै कर्म गरेर जीवनयापन मात्र होइन, निरन्तर प्रगतिपथमा अघि बढ्न सकिने सन्देश पुस्तकले दिन्छ। काम गरेर खाने हरेक नेपाली, उद्यमी, युवा तथा समुदायका लागि चौधरी सधैँ सहयोग गर्न खुला रहेको सन्देश पनि पुस्तकमार्फत स्पष्ट गरिएको छ।
“Made in Nepal” केवल एक व्यक्तिको आत्मकथा मात्र नभई, वर्तमान पुस्ता र भावी पुस्ताका लागि प्रेरणा, सिकाइ र व्यक्तित्व निर्माणको आधार बन्न सक्ने कृति भएको बताइन्छ।
स्वदेशमै सम्भावना खोज्न र नेपाल बनाउने अभियानमा लाग्न चाहने सबैका लागि यो पुस्तक महत्वपूर्ण पथप्रदर्शक बन्ने अपेक्षा गरिएको छ।









