काठमाडौँ – अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक प्रणालीमा कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए।
उनले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गरे। आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उनको भनाइ छ।
उनले भने, ‘जरो हेरेर जानुभयो भने हाम्रो राजनीतिक प्रणालीमा एउटा मन्त्री, प्रधानमन्त्री भीममसेन थापाको पालादेखि अहिलेसम्म आउँदा ५ वर्ष एउटा प्रधानमन्त्रीले पूर्ण रुपमा देश चलाउन, कार्यकाल चलाउन नसकेको मुलुकको जनता र त्यसको अहिलेको मन्त्री म हुँ। कसरी बन्छ त देश ? तीन महिनामा कायापलट हुन्छ?’









