images
images

महन्थ ठाकुरले गराए राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

जनकपुरधाम– राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारी अन्यतर्फको कोटाबाट दर्ता भएको छ।

उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेशसभा सदस्य जयनुल राईन रहेका छन् भने समर्थकमा पनि लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी रहेकी छन्।

जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ।

मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ। दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ।

मधेस प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरि ३७० जना मतदाता छन्।