images
images

काँग्रेस विशेष महाधिवेशनको तयारी सुरु, भृकुटीमण्डपमा मञ्च निर्माण गरिँदै

काठमाडौँ – नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् ।

अनामनगरस्थित सिंहदरवारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी गरिएको छ ।

करिब एक हजार स्वयंसेवक हुने स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरु हुनेछ ।

विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको छ । उता संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टरमा युवा भेला, केन्द्रीय सदस्यहरूको भेला डाकेको छ ।

अहिले विशेषको कार्यालयमा विभिन्न समितिमा रहेकाहरूले आ-आफ्नो तयारी गरिरहेका छन् । केही नेता कार्यकर्ता भने भृकुटीमण्डपमा पनि भेला हुन थालेका छन् ।