images
images

सकियो नमूना मतपत्र छपाइ

काठमाडौँ– प्रतिनिधिसभातर्फको नमूना मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा गरिएको नमूना छपाइ सकिएको हो।

सामाग्री केन्द्रकाअनुसार १० लाख नमूना पतपत्र छपाइ गरिएको छ।

साथै शुक्रबारदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुनेछ। सेतो कागजमा कालो चिह्न मतपत्रमा हुनेछ। सरदर दुई करोड मतपत्र छपाइ हुने जनाइएको छ।

मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छपाइ गरिने छ।