काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । पार्टीकै साथीहरूले उक्त महाधिवेशन आयोजना गरेको भन्दै थापाले त्यसमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताए ।
उनले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्याइदिन भनेको बताए ।
“आज फेरि मैले यहाँ भनेको छु कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई पनि यो कुरा पुर्याइदिनुहोला । अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापति २७ गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो । विधानसम्मत आयोजना हो । त्यो अधिवेशनमा उहाँ सभागी हुनुपर्छ । त्यो अधिवेशनमा उहाँ सहभागी हुने कुराले उहाँको पनि मान बढाउँछ,” थापाले बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने ।








