काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ । उनीहरूबीच आज बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो ।
ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भेट भएको थियो ।
बालुवाटार स्रोतका अनुसार उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको थियो । कुराकानीको क्रममा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।








