images
images

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौँ- बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।

बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास (हात्तीवन) पुगेका थिए ।

 

दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् । उनले आजै राति क्यासिनो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् । यी दुईबिच के विषयमा कुराकानी भयो त्यसबारे भने खुलाइएको छैन ।