images
images

राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौझँ – सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

‍सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न लागिएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।