images
images

देउवासँग छलफल गर्न शेखरसहित नेता महाराजगञ्जमा

काठमाडौँ – नेपाली काँग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए ।

छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दै गर्दा देउवाले छलफल तीव्र बनाएका हुन् ।

विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेस भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदै छ ।