काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया मंगलबार सुरु हुने भएको छ।
विशेष महाधिवेशन पक्षले सोमबार पत्रकार सम्मेलन गर्दै भोलि बिहान ९ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिएको छ। बन्दसत्र सुरु भएपछि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिनेछ। त्यसपछि निर्वाचन हुने छ।
विशेष महाधिवेशन सचिवालय संयोजक मनोजमणि आचार्यले भने, ‘भोलि हाम्रो ९ बजे बन्दसत्र सुरु हुन्छ। ९ वटा ग्रुपहरु रहनुभएको छ। कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ। भोलि निर्वाचन सुरु हुन्छ।’
मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समितिलगायतका समितिहरु भंग गर्ने उनले जानकारी दिए।
यस्तै, विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन्।
उनले भने,’६३ प्रतिशतभन्दा बढीले हस्ताक्षर गर्नुभएको छ। हामी सत्तरी पुर्याएर देखाइदिन्छौँ।’








