काठमाडौँ – नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुने भएको छ । विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली वार्तामा बस्न लागेको हो।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्द सत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो । संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड वार्तामा सहभागी हुनेछन् । विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् । वार्ता केही समयमा सुरु हुनेछ ।








