images
images

सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने देउवा पक्षको दाबी

काठमाडौँ – नेपाली काँग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीन बहादुर विश्वकर्माले आधिकारिक रूपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यही रहने बताए ।

‘यो पार्टी कार्यालय नेपाली काँग्रेसको केन्द्रीय कार्यालय हो । यो नेपाली काँग्रेसको कार्यालय छ । यहाँ केन्द्रीय समिति छ,’ उनले भने, ‘आधिकारिकताका रूपमा अहिले नेपाली सम्पूर्ण ढंगबाट केन्द्रीय कार्यसमिति यही नै हो । यो विवादको विषय होइन । छलफलको विषय होइन ।’

उता, भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशनमा बोल्ने नेताहरूले पार्टी कार्यालय र झण्डा आफ्नो हुने बताएका छन् ।