काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको सभापतिमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ।
सभापति पदका लागि उनी मात्र उम्मेदवार भएकाले निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी केही समयमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार, उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भूषालको चयन लगभग निश्चित छ भने दुई महामन्त्री पदका लागि प्रदीप पौडेल र गुरुराज घिमिरेको नाममा सहमति बनेको छ।
मुख्य पदाधिकारीहरूमा सहमति भए पनि सहमहामन्त्री र अन्य सदस्य पदमा धेरै आकांक्षी भएका कारण सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहेको छ।
नेता गुरुराज घिमिरेका अनुसार, पार्टीभित्र अधिकतम सहमति जुटाएर अघि बढ्ने प्रक्रिया चलिरहेको छ।







