सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। स्रोतका अनुसार सरकारले बुधबार ती मुद्दा फिर्ता लिएको हो।
सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत यो काम अघि बढाइने बुझिएको छ। यद्यपि उनीबिरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत छ।
सहकारी ठगीसँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो।
योसँगै अब रवि लामिछानेलाई चुनावमा जान तथा सांसद् बन्न बाटो खुला भएको छ।








