images
images

कांग्रेसको नयाँ कार्यसमिति दर्ताका लागि निर्वाचन आयोगमा पुग्यो नेतृत्व

काठमाडौँ– नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोगमा निवेदन दिइएको छ।

ललितपुरको कुपण्डोलस्थित एक होटलमा बसेको कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार नयाँ कार्यसमिति अध्यावधिक गर्न सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र अन्य पदाधिकारीहरू निर्वाचन आयोग पुगेका हुन्।
मध्याह्न बसेको बैठकले पार्टीको आधिकारिक हस्ताक्षर अध्यावधिक गर्ने, नयाँ कार्यसमितिको विवरण आयोगमा जानकारी गराउनेलगायतका निर्णय गरेको थियो।

बैठकपछि निर्णय कार्यान्वयनका लागि पार्टी नेतृत्व निर्वाचन आयोग पुगेको जनाइएको छ।