images
images

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ – आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । रासस