images
images

ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश

काठमाडौँ – ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश गरेको छ।

स्थानीय लघु, साना तथा मझौला उद्योग (एमएसएमईएस)को प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल हाटबजार आयोजना गरिएको हो।

यसैअन्तर्गत आज शुक्रबार ५०औँ ग्लोबल हाट बजार आयोजना हुँदै छ।

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ।